५३ लाखको चेक हस्तान्तरण गर्न ललितपुर पुगे एलआईसी नेपालका कर्मचारी र एजेन्सी मेनेजर

३ भाद्र २०७८, बिहीबार १०:३३

काठमाडौं । बीमा दावी भुक्तानी अब विस्तारै सरल बन्दै गएको छ । केही गलत मानसिकता राख्ने कम्पनीहरुमा बीमितले महिनौंसम्म बीमा दावी भुक्तानीको लागि धाउनुपर्ने अवस्था छ भने केहीले बीमितको घरैमा पुगेर समेत लाखौं रुपैयाँ भुक्तानी गर्ने गरेका छन् ।

बुधबार धापाखेल निवासी सजना श्रेष्ठ आफ्नै पसल सातदोबाटोमा बसिरहेकी थिईन् । एलआईसी नेपालका दुई जना कर्मचारी पसलमा खोज्दै आईपुगे । उनका श्रीमान कृष्णहरि श्रेष्ठको ११ महिनाअघि ब्रेन ह्यामरेजबाट निधन भएको थियो । दुई वर्ष पहिले एलआईसी नेपालबाट धनबृष्टी बीमा अन्तर्गतको ५० लाख रुपैयाँ बीमाङ्क रकमको पोलिसी खरिद गरेका उनको बीमा गरेको एक वर्षमै निधन भएको थियो । १० वर्षको बीमा गराएका श्रेष्ठको एक वर्षमै ब्रेन ह्यामरेजबाट निधन भएको थियो । मृतककी श्रीमती सजना श्रेष्ठलाई उक्त रकमबराबरकाे चेक ललितपुर शाखा मार्केटिङ प्रमुख घनश्याम बुढाथोकी र एजेन्सी मेनेजर टेक बहादुर खड्काले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

कम्पनीले उनको आश्रित परिवारको हकवाला श्रीमती सजना श्रेष्ठलाई ५० लाख बीमाङ्क रकम तथा तीन लाख ३० हजार बोनस थप गरी हिजो मृत्यु दावी भुक्तानी गरेको छ । ४४ बर्षिय श्रेष्ठ ब्रेन ह्यामरेजबाट निधन भएपछि कम्पनीले ठूलो बीमांङ रकम भएकोले विस्तृत अध्ययन गरेर दावी भुक्तानी गर्दा केही समय लागेको जनाएको छ । उनले एक किस्ता मात्रै भुक्तानी गरेका थिए ।

ललितपुरको सातदोबाटोमा व्यवसाय गर्दै आएका श्रेष्ठको निधनपछि उनले सम्हाल्दै आएको व्यवसाय श्रीमती श्रेष्ठले सम्हाल्दै आएकी छिन् । उनले बीमाबाट प्राप्त रकमले सन्तानको उचित शिक्षा दिक्षामा सहयोग मिलेको बताईन् ।

One thought on “५३ लाखको चेक हस्तान्तरण गर्न ललितपुर पुगे एलआईसी नेपालका कर्मचारी र एजेन्सी मेनेजर

  1. Gauree shankar Lal says:

    Jankpur branch ka cliam chhito pathaunu paryo agent le client ka aashrit lai bujhaunai garho vo

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*