नेपाल पुनर्बीमा कम्पनीले २० जना नयाँ कर्मचारी भर्ना गर्ने, मुख्य प्रबन्धकदेखि वरिष्ठ सहायकमा आवेदन खुल्ला

४ भाद्र २०७८, शुक्रबार १०:२६

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले २ं० जना नयाँ कर्मचारी स्यायी रुपमा भर्ना गर्ने भएको छ । कम्पनीले लोकसेवा आयोगको अनुमतिमा नयाँ कर्मचारी भर्ना गर्न लागेको आज प्रकाशित सूचनामा जनाइएको छ ।

पुनर्बीमा कम्पनीमा मुख्य प्रबन्धक (प्रशासन) देखि वरिष्ठ सहायक (प्रशासन) सम्मका लागि २० जना नयाँ कर्मचारी भर्ना गर्न २१ दिने सूचना प्रकाशित गरेको छ । आज प्रकाशित सुचनामा मुख्य प्रबन्धक २ जना, बरिष्ठ प्रबन्धक दुई जना, प्रबन्धक तीन जना, उप प्रबन्धक तीन जना, सहायक प्रबन्धक आठ जना र बरिष्ठ सहायक दुई जना गरी कूल २० जना कर्मचारी भर्ना गर्न लागेको हो ।

२० जना मध्ये चार जना आदिवासी जनजाति, एक जना महिला, एक जना आन्तारिक प्रतियोगिता र १४ जना खुल्ला प्रतिस्पर्धामा भर्ना गरिने सूचनामा जनाइएको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा जागिरको लागि सबैभन्दा तल्लो तको बरिष्ठ सहायक पदका लागि व्यवस्थापन, वित्त, लेखा, बीमा, अर्थशास्त्र, बाणिज्य शास्त्र, कानुन, तथ्याङ्कशास्त्र वा इन्जिनियरिङमा प्रमाणपत्र तह (प्लस टु) उत्तिर्ण हुनुपर्ने भनेको छ । सो भन्दा माथि स्नातक तहको शैक्षिक योग्यता अनिवार्य छ । कम्पनीले पाँच तह देखि १० तहसम्मका लागि कर्मचारी भर्ना गर्न लागेको हो ।

पुनर्बीमा कम्पनीले आज प्रकाशित गरेको सूचना अनुसार बीमाङ्कीको लागि समेत दरवन्दी निर्धारण गरी कर्मचारी माग गरेको हो । उपप्रबन्धक बिमाङ्कीका लागि स्नातकोत्तर तह उत्तिर्ण गरी बीमाङ्की सम्बन्धी फेलोसिप गरेको वा बीमाङ्की सम्बन्धी स्नातक उत्तिर्ण व्यक्तिले आवेदन दिन पाउने जनाइएको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा आवेदन दिन सोही कम्पनीको वेभसाईटमा गएर तोकिए बमोजिमको आवेदन फारम भरी बैंकमा गएर शुल्क बुझाएपछि मात्रै परिक्षामा सहभागी हुने पाइने कम्पनीले जनाएको छ । सर्टलिष्टेड उम्मेदवारलाई बोलाउने नभई लोकसेवा आयोगले तोकेको समयमा तोकिएको ढाँचा र पाठ्यक्रममा परिक्षा हुने हुँदा आवेदन दिन चाहने व्यक्तिहरुले वेभसाईटमा गएर त्यहाँ राखिएको पाठ्यक्रम अध्ययन गरेर लिखित तथा मौखिक परिक्षामा सहभागी भएमा उत्तिर्ण हुन सजिलो हुनेछ ।

आवेदन दिन यहाँबाट कम्पनीको साईटमा जानुहोला ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*