सिन्धु विकास बैंकको खुद नाफामा देखियो उल्लेख्य सुधार, अन्य सूचक कस्तो ?

७ भाद्र २०७८, सोमबार १६:२४

काठमाडौं । सिन्धु विकास बैंकले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको अवधिसम्ममो खुद नाफामा वृद्धि गर्न सफल भएको छ ।बैंकको गत आवमा खुद नाफा ३ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको खुद नाफा १ करोड ६६ लाख रुपैयाँ रहेको थियो ।

र्बैंकको हालको चुक्ता पूजी ५५ करोड ७४ लाखरुपैया रहेको छ । बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा पनि सुधार आएको छ । गत आवमा बैंकले ४ अर्ब २५ करोड ७८ लाख ५३ हजार ५८ रुपैया निक्षेप संकलन गरी २ अर्ब ९२ करोड ६० लाख ५३ हजार ६९२ रुपैया कर्जा प्रवाह गरेको हो । अघिल्लो आवमा भने ३ अर्ब ३२ करोड ७८ लाख १३ हजार ३७२ रुपैया निक्षेप संकलन गरी २ अर्ब १२ करोड ४५ लाख ६९१ रुपैया कर्जा प्रवाह गरेको थियो ।

बैंकले गत आवको चौथो त्रैमाससम्मको अवधिमा खुद ब्याज आम्दानीमा पनि सुधार देखीएको छ । गत आवमा खुद ब्याज आम्दानी १६ करोड ९४ लाख १२ हजार १६६ रुपैया रहेको छ । अघिल्लो आवको सोही अवधिमा १४ करोड ४३ लाख १ हजार १९२ रुपैया आर्जन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*