नेशनल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

७ भाद्र २०७८, सोमबार १८:३४

काठमाडौं । नेशनल लाइफले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको बर्दघाट नवलपरासी कार्यालयले मृत्यु दावी भुक्तानी रकम मृतक ज्योमो हिसे छोज्ञाल्मोको परिवारलाई हस्तान्तरण गरेको हो ।

मृतक ज्योमो हिसे छोज्ञाल्मोले १५ बर्षे जीवन अमृत आजिवन जीवन बीमा खरिद गरेका थिए । उनको दुर्घटनाको कारण मृत्यु भएकोले कम्पनीले बीमा दावी बाफत ४३ लाख ३३ हजार रुपैयाँ मृतकको परिवारलाई हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा बर्दघाट शाखा प्रमुख मोहन भट्टराई , परासी शाखा प्रमुख मनोज यादव तथा कम्पनीका सिनियर विजनेश म्यानेजर दिपक कुमार थिङको उपस्थितीमा चेक हस्तान्तरण गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*