एचआइडीसिएलको ११ करोड कित्ता हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

८ भाद्र २०७८, मंगलवार १०:४९

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)को हकप्रद शेयरमा आवेदन दिने आज (८ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले आफ्ना शेयरधनीहरुका लागि १ः१ अनुपातमा साउन ५ गतेदेखि भदौ ८ गतेसम्म हकप्रदमा आवेदन दिने अवधि तोकेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

आज बैकिङ समयसम्म उक्त हकप्रद शेयरमा आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीले हकप्रद प्रयोजनार्थ गत जेठ २८ गते नै बुक क्लोज गरिसकेको छ । यसर्थ जेठ २७ गतेसम्म कायम शेयरधनीले मात्र उक्त शेयरमा आवेदन दिन पाउनेछन् ।

उक्त हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवदन दिन सकिनेछ । साथै नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*