गुराँस लाइफ इन्स्योरेन्सले माग्यो ९ जना मार्केटिङ पर्सनल

८ भाद्र २०७८, मंगलवार १२:२१

काठमाडौं । गुरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै विभिन्न शाखाका लागि मार्केटिङ पर्सनल मागेको हो ।

कम्पनी मार्केटिङ प्रशनलका लागि बिरगन्ज, बर्दिबास, गौर, जनकपुर, लालबन्दी, सिमरा, पोखरिया, सिमरौंगड र मलंगवा शाखाका लागि १–१ जना कर्मचारी माग गरेको हो । कम्पनीले उक्त पदका लागि ब्याचलर, डिग्रि शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

इच्छुक योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र सम्पुर्ण कागजात खुलाई कम्पनीको इमेल [email protected] र  [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*