ऋण लिने २० लाख रुपैयाँसम्मका परियोजनाले अनिवार्य बीमा गर्नुपर्ने, राष्ट्र बैंकले जारी गर्यो निर्देशिका

८ भाद्र २०७८, मंगलवार २१:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिमा महिला उद्यमीले सञ्चालन गरेको लघु उद्यम व्यवसाय तथा किसानलाई परियोजना धितोमा २० लाख रुपैयाँसम्म ऋण प्रवाह गर्ने व्यवस्था गरेको छ । साथै २० लाख रुपैयाँकै बीमा अनिवार्य समेत गरिएको छ । यसले बीमाको व्यवसाय वृद्धि हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकाको २४ नं बुँदामा परियोजनाको अनिवार्य रुपमा बीमा गर्ने उल्लेख गरिएको छ । उल्लेखित बुँदामा यस अघि नभएकोमा उप बुँदा प र फ थप गरी सो व्यवस्था गरिएको हो ।

केन्द्रीय बैंकको निर्देशनले नेपालको बीमा व्यवसाय थप फराकिलो हुन पुगेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा बीमालाई जोडेपछि बीमाको व्यवसाय बृद्धि भई थप फराकिलो हुने बीमाकर्मीहरुले जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*