हवाई बीमा शुल्कबापतको एक करोड असुल गर्न महालेखाको निर्देशन

१३ भाद्र २०७८, आईतवार ०६:४२

काठमाडौं । महालेखाको प्रतिवेदनमा नेपाली सेनाको हवाई बीमा शुल्क घोटाला भएको ठहर गर्दै एक बीमा कम्पनीसँग एक करोड भन्दा बढि रकम असुल गर्न निर्देशन दिएको छ । ग्राउन्डेड भएका जहाजको बीमा शुल्क सम्झौता बमोजिम फिर्ता गर्नुपर्नेमा बीमा कम्पनीले फिर्ता नगरी घोटाला गरेको महालेखाको निष्कर्ष सहित एक करोड रुपैयाँ रकम असुल गर्न निर्देशन दिएको छ ।

महालेखापरिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५८ औं बार्षिक प्रतिवेदन संराशमार्फत यस्तो निर्देशन दिएको हो । महालेखाले ग्राउन्डेड भएका जहाजको ४० प्रतिशत बीमा प्रिमियम भुक्तानी गरी बाँकी ६० प्रतिशत सम्झौता अवधि समाप्त भएको ६० दिन भित्र फिर्ता गर्नुपर्ने व्यवस्थाको कार्यन्वयन नभएको भन्दै महालेखाले एकिन गरि असुल गर्न निर्देशन दिएको हो ।

उक्त सम्झौता अनुसार ६० प्रतिशत बीमा शुल्क बापतको रकम गत कात्तिक २१ गते फिर्ता गर्नुपर्नेमा समाप्त भएकोमा ४५ दिन थप भएको तर सबै फिर्ता नभएको भन्दै यस्तो निर्देशन दिएको हो । सम्झौताअनुसार गत फाल्गुण ६ मा १५ हवाई साधानको प्रिमियम मूल्य अमेरिकी डलर १ लाख ६२ हजार रुपैयाँको हुने एक करोड ११ लाख रुपैयाँ रुपैयाँ असुल गनुपर्ने देखिएको जनाएको छ ।

नेपाली सेनाको मध्य एअर बेस, भी.भी आई.पी उडान सेवा, हवाई तालिम केन्द्र र पश्चिम एयर बेसमा भएमा हवाई साधनको ग्राउण्डेड अवस्थामा रहँदा रहँदै पनि बीमा शुुल्क सम्झौता बमोजिम फिर्ता नगरिएको उल्लेख गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*