परदेशिएका बोम बहादुरकी आश्रितले पाइन १४ लाख दावी भुक्तानी

१२ भाद्र २०७८, शनिबार २२:४८

काठमाडौं । घर परिवारको गर्जो टार्दै आफ्नो जीवन उकास्ने सपना बोकेर परदेशिएका प्यूठान बिजुवारका बोम बहादुर केसीको विदेश पुगेको दुई महिनामै निधन भयो । सबै कागजी प्रक्रिया पूरा गरी वैधानिक रुपमा विदेश गएका कारण उनको म्यादी बीमा समेत गरिएको थियो । बीमा पुलमार्फत सञ्चालित म्यादी जीवन बीमा बापतको १४ लाख रुपैयाँ सिटिजन लाईफ इन्स्योरेन्स विजुवार, प्यूठान शाखाले स्व.केसीकी श्रीमती अमृता के.सी.लाई हस्तान्तरण गरेको छ ।

बैदेशिक रोजगारबाट श्रम स्वीकृति लिई विदेश गएका जो सुकैको विदेशमै रहँदा मृत्यु भएको अवस्थामा बैदेशिक रोजगार म्यादी बीमा बापतको बैदेशिक रोजगार मृत्यु दावी भुक्तानी अनुसार १४ लाख रुपैयाँ भुक्तानी गर्ने व्यवस्था छ ।

शनिबार एक कार्यक्रमका बीचमा सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृतकका आश्रित परिवारलाई रकम हस्तान्तरण गरेको जनाएको छ । कार्यक्रममा प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले सबै नेपालीले बीमा गर्नु आवश्यक रहेको बताए । कार्यक्रममा जितपुर क्षेत्रका क्षेत्रीय शाखा प्रबन्धक लक्ष्मण मरासिनीले कम्पनी, वीमाको पहुच र बीमाको महत्वबारे प्रकाश पार्नुको साथै कम्पनीले दाबी भुक्तानी छिटो र सहज तरिकाले गरेको जानकारी दिए ।

कार्यक्रममा शाखा प्रबन्धक दिनेश कार्की, एजेन्सी मेनेजर ईश्वर सिंह विष्ट, राजन श्रेष्ठ, विनिता देवकोटा, माया जि.एम. रावत, शान्ता बस्नेत, युनिट मेनेजरहरु र अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*