अजोड इन्स्योरेन्सले निर्जिवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

१३ भाद्र २०७८, आईतवार १२:४२

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले निर्जिवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । हालको यस बिषम परिस्थतीलाई मध्यनजर गर्दै कम्पनीले भ्युचुअल माध्यमबाट कार्यक्रम संचालन गर्न लागेको हो ।

कम्पनीले न्यूनतम एस.एल.सी. वा सो सरह परिक्षा उत्र्तीण गरेका इच्छुक व्यक्ति वा संस्थाका प्रतिनिधिहरुले नागरिकता, शौक्षिक योग्यताको प्रमाणपत्रहरु, स्थायी लेखा नम्बर परिचय पत्र (नोटरी सहित) को प्रतिलिपि, पार्सपोट साईजको फोटो ४ प्रति संस्थाको हकमा सिफारिस पत्र र अनिवार्य रुपमा आफनो मोबाईल नम्बर कार्यालयको आधिकारीक मेलमा पठाउन आग्रह गरेको छ।

कम्पनीले भदौ ५ गतेसम्ममा इच्छुक आवेदकलाई अभिकर्तापत्रका लागि ५ सय रुपैयाँ कार्यालयको ग्लोबल आइएमई बैंकको खाता नम्बरमा जम्मा गराउन आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*