सिटिजन लाइफद्धारा मृत्यु दाबी बापत १३ लाख रुपैयाँ भुक्तानी

१४ भाद्र २०७८, सोमबार १५:२१

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारीमा रहँदा मृत्यु भएको एक व्यक्तिको आश्रित परिवारलाई मृत्यु दाबी भुक्तानी बापत १३ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बुटवल शाखाले वैदेशिक रोजगार मृत्यु दावी भुक्तानी बापत १३ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गरेको हो । बैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका डिलबहादुर रेग्मीको कोरोना संक्रमणको कारणबाट मृत्यु भएको थियो ।

कम्पनीले उनका आश्रित परिवारलाई दावी भुक्तानी बापत बीमाङ्क रकम दस लाख रुपैयाँ, दाह संस्कार खर्च एक लाख रुपैयाँ, आय नोक्सानी वापतको रकम दुई लाख रुपैयाँ गरी कुल जम्मा १३ लाख रुपैयाँ बीमितको श्रीमती कमला देवी रेग्मीलाई हस्तान्तरण गरिएको सो कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*