नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत

१६ भाद्र २०७८, बुधबार १५:५८

काठमाडौं । नागरिक लगानी कोष र स्वालम्बन लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।

लगानी कोषको २७ लाख बोनस शेयर र स्वालम्बन लघुवित्तको १५ लाख ६ हजार ६ दशमलव १५ कित्ता बोनस शेयर सूचिकृत भएको हो । सूचिकृतपश्चात उक्त बोनस शेयर अब लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछन् ।

स्वालम्बन लघुवित्तले गत चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ दशमलव ०५६ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचिकृत गराएको हो ।

नागरिक लगानी कोषले असार १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*