नवलपरासीकोे अरुणखोलामा रिलायबल नेपाल लाइफको नयाँ शाखा विस्तार

१६ भाद्र २०७८, बुधबार १९:२७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँँ शाखा विस्तार गरेको छ। कम्पनीले पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको अरुणखोलामा नयाँ शाखा विस्तार गरेको हो । नयाँ शाखाको उद्धघाटन कम्पनीक क्षेत्रीय प्रवन्धक राजेन्द्र पौडेलले गरेका हुन्।

उक्त कार्यक्रममा मध्यबिन्दु वडा नं १२ का वडाध्यक्ष कुलबहादुर गुरुङ, वडा नं १० कि वडा सदस्य दुर्गालक्ष्मी काफ्ले, रिलायबलका कावासोती शाखा प्रवन्धक शंकर खनाल, कम्पनीका एमडीआरटी पाउन सफल अभिकर्ता रमेश किशोर लम्साल, आरएमई अभिकर्ता सुरज भण्डारी लागायतको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*