युनियन लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

१६ भाद्र २०७८, बुधबार २२:४६

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कुश्मा शाखाले भदौ १६ गते मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले मोदी गाउँपालिका वडा नं. १ का बीमित बिनोद मल्लको घरमा गई उनकी श्रीमति तिलु मल्ल र बुबा लोक बहादुर मल्ललाई २० लाख २८ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो । बीमित मल्लले ८ महिना अगाडि १० लाख बराबरको बीमा गराएका थिए । उनको गत असार ६ गते सवारी दुर्घटनामा परि मृत्यु भएको थियो ।

कम्पनीले मोदी गाउँपालिका वडा नं.१ का अध्यक्ष गौ प्रसाद गुरुङको प्रमुख आतिथ्यतामा एक समारोहकाबीच बीमा दाबी भुक्तानी गरेको हो । उक्त कार्यक्रममा कम्पनीका गण्डकी प्रदेश उपप्रमुख बलराम गौतम, एजेन्सी म्यानेजर प्रमोद सुवेदी, सन्तोष मल्ल, साजन मल्ल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा एजेन्सि म्यानेजर साजन मल्लले स्वागत मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा कम्पनीका गण्डकी प्रदेश उपप्रमुख गौतमले बीमा सम्बन्धि आफ्नो मन्तव्य राखेका थिए । साथै मोदी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष गुरुङले आफ्नो भनाइ राख्दै बीमाले आर्थिक सुरक्षा प्रदान गर्ने र पीडितलाई थोरै भएपनि मलमपट्टीको काम गरेको भन्दै कम्पनीलाई कृतज्ञता ज्ञापन गरेका थिए ।

कम्पनीको कुश्मा शाखाका प्रमुख बलराम आचार्यले उक्त कार्यक्रम संचालन गरेका हुन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*