सानिमा लाइफद्वारा कागजी प्रक्रिया पुरा भएको २४ घण्टाभित्रै दावी भुक्तानी

१८ भाद्र २०७८, शुक्रबार ११:२२

महेन्द्रनगर । सानिमा लाईफ इन्स्योरेन्सले कागजी प्रक्रिया पुरा गरेको २४ घण्टाभित्रैमा एक बीमितका आश्रित परिवारलाई दावी भुक्तानी दिएको छ । सानिमा लाइफ इन्स्यारेन्स कम्पनी महेन्द्रनगर शाखाले घरमै गएर दाबी भुक्तानी रकम प्रदान गरेको हो । जीवन बीमा कम्पनीहरुले बीमितलाई अनेकन आश्वासन देखाएर बीमा गर्ने र कुनै भवितव्य पर्दाका बखतमा बीमा दावी भुक्तानीमा अनेकन बाहाना बनाएर रोक्ने प्रवृत्ति बढिरहेको समयमा सानिमा लाइफले भने बीमितको मृत्यु भएको महिना दिन नपुग्दै तथा आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ घण्टाभित्रैमा दावी भुक्तानी गरेर उदाहरणीय काम गरेको छ ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका–५ का स्व. राजेन्द्र डगौराका श्रीमती माया कुमारी चौधरीले मृत्यु दावी भुक्तानी वापतको २० लाख ४५ हजार रुपैयाँ हिजो हस्तान्तरण गरेको हो ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीको अध्यक्षतामा कार्यक्रम गरी रकम हस्तान्तरण गरेको थियो । बीमितलाई छिटो छरितो मृत्यु दावी भुक्तानी गर्ने गरेको कम्पनीको नीति अनुसार कागजी प्रक्रिया पूरा भएको २४ घण्टाभित्रैमा दावी भुक्तानी गरेको प्रदेश प्रमुख उप्रेतीले बताए । सरल, सहज र सर्वसुलभ बीमा सेवाका लागि प्रतिबद्ध भएको प्रदेश प्रमुख उप्रेतीले बताए ।

सानिमा लाइफको महेन्द्रनगर शाखाका शाखा प्रबन्धक रोशन भट्ट, बजार अधिकारी गणेशराज जोशीसहितको टोलीले स्थानीय वडा सदस्य जय बहादुर बोहराको उपस्थितिमा बीमा रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा बरिष्ठ एजेन्सी म्यानेजर अम्बा दत्त जोशी, बीरन्द्र सिंह बोहरा, गोपी सिंह साउद, चित्र देब भट्ट, हिक्मत सिंह रावल तथा एजेन्सी मेनेजर धना धामी लगायतका स्थानीय सहभागी भएका छन् ।

२०७७ फाल्गुनमा १० लाख रुपैयाँ बीमाङ्कको बीमा गराएका डगौराले बीमाशुल्क बापत एक किस्ता वापतको सतसठ्ठी हजार ९५४ रुपैयाँ मात्रै बुझाएको अवस्थामा यही साउन १८ गते करेन्ट लागेर मृत्यु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*