प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने
काठमाडौं । प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ ।बैंकको भदौ १७ गते सम्पन्न संचालक समितिको बैठकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकबाट ग वर्गको वित्तीय कारोबार गर्न इजाजत प्राप्त क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धी समझदारीपत्र अनुमोदन गर्ने निर्णय भएको बैंकले जानकारी गराएको छ ।