सिटिजन लाइफको कपिलवस्तु शाखाद्वारा लिडर्स सम्मान तथा दर खाने कार्यक्रम सम्पन्न

१९ भाद्र २०७८, शनिबार २०:५१

काठमाडौं । जीतपुर शाखाबाट लिडर्स सम्मान तथा दर खाने कार्यक्रम हिमालयन पिस रिसोर्टमा भएको थियो।कार्यक्रमका अध्यक्ष जीतपुर शाखा प्रबन्धक सम्झना आचार्यले कार्यक्रम भव्य र सभ्य रुपमा ८० जना भन्दा बढीको उपस्थितिमा सम्पन्न भएको बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि सिटिजन लाईफ इन्स्योरेंसका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल ज्युको प्रेरणादायक भनाइमा जीतपुर क्षेत्रका क्षेत्रिय शाखा प्रवन्धक लक्ष्मण मरासिनी, बुटवलका क्षेत्रिय शाखा प्रबन्धक दुर्गा राज ढकाल, भैरहवाका क्षेत्रिय शाखा प्रबन्धक नरेश सिग्देल, चन्द्रौटा शाखा प्रबन्धक सागर पाण्डे बर्दघाट शाखा प्रबन्धक भिम प्रसाद सुबेदीको आतिथ्यतामा लिडर्सहरुलाई सम्मान पत्र वितरण भएको थियो ।

कार्यक्रममा सिनियर एजेंसी मेनेजर ,धमाका एजेंसी मेनेजर, विभिन्न क्लब विजेतालाइ कार्यक्रममा सम्मान गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*