नेशनल लाइफबाट एमडिआरटी बिजेताहरु असोज १ गते पोखरामा भेला हुँदै, भव्य सम्मान तथा प्रशिक्षण दिइने

२४ भाद्र २०७८, बिहीबार १९:०१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट बीमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय फोरम एमडिआरटी बिजेताहरु तथा टप एजेन्सीहरु आगामी असोज १ गते पोखरामा भेला हुँदैछन् । कम्पनीले सन् २०२१ का लागि एमडिआरटी बिजेताहरुको लागि भव्य सम्मान तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन देशैभरिका एजेन्सीहरु उत्साहित बनेका छन् ।

सन् २०२० को वर्षभरि गरेको मेहनतबाट एमडिआरटी बिजेता बनेकाहरु परिस्थिति सहज भएको भए सन् २०२१ को लागि एमडिआरटी बिजेताहरुले अन्तर्राष्ट्रिय फोरममा भाग लिएर अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम लिई आफूलाई थप दक्ष र समक्ष बनाएर फर्किसकेका हुने थिए । कोरोना महामारीका कारण एमडिआरटी सम्मेलनमा भाग लिन जान नपाएपछि नेपालमा अन्तर्राष्ट्रिय स्तरको तालिममा सहभागी गराउन लागिएको हो ।

कम्पनीले सन् २०२१ का लागि एमडिआरटी बिजेता भएका सबैलाई र बार्षिक एक करोडभन्दा बढि व्यवसाय गरेका एजेन्सीहरुलाई सम्मान तथा तालिम प्रदान गर्न लागेको छ । पोखराको कुटी रिसोर्टमा आगामी साता अर्थात असोज १ गते चर्चित मोटिभेशनल ट्रेनर रविन कटुवालले प्रशिक्षण दिने व्यवस्था मिलाइएको जनाइएको छ । तालिमपछि एजेन्सीहरुमा बीमा तथा मार्केटिङ सम्बन्धी थप ज्ञान प्राप्त गरी दक्षतायुक्त हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*