एलआईसी नेपालद्धारा मृत्यु बीमा दाबी भुक्तानी

२४ भाद्र २०७८, बिहीबार १४:१०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कोहलपुर शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले मृतक बीमित घनश्याम पौडेलकी श्रीमति बसन्ता बोहरालाई उनकै घरमा गई २८ लाख ३० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

बीमित पौडेलले २०७६ भदौ ११ गते १५ वर्ष अवधिको २५ लाख रुपैयाँ बीमाङ्कको सर्वाधिक जीबन बीमा योजना खरिद गरेका थिए । उनको गत जेठ ६ गते कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

कम्पनीका अनुसार उक्त अवधिसम्म मृतक पौडेलले २ किस्ता बापत ३ लाख ३८ हजार ७५० रुपैयाँ बीमा शुल्क भुक्तानी गरेका थिए । बीमितको परिवारले अहिलेसम्म भुक्तानी भएको बीमा शुल्क, बोनस र बीमाङ्क सहित २८ लाख ३० हजार रुपैयाँ बीमा दाबी वापतको रकम प्राप्त गरेका हुन् ।

कम्पनीको कोहलपुर शाखाले आयोजना गरेको बीमा दाबी भुक्तानी कार्यक्रममा शाखा प्रमुख सूर्य बहादुर बुढाथोकीले पौडेको परिवारलाई उक्त दाबी रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कम्पनीका कर्मचारी, अभिकर्ता तथा मृतकका परिवारको सहभागीता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*