राष्ट्रिय बीमा संस्थानको ३१ औं साधारणसभा सम्पन्न

२७ भाद्र २०७८, आईतवार ०९:२६

काठमाडौं । राष्ट्रिय बीमा संस्थाको तीन आर्थिक वर्षको ३१ औं साधारणसभा हिजो सम्पन्न भएको छ । कम्पनीको आर्थिक वर्ष ०६६/०६७, ०६७/०६८ र ०६८/०६९ को बार्षिक साधारणसभा हिजो सम्पन्न भएको हो ।

साधारणसभाले वित्तीय विवरण पास गर्ने, वासलात, आय व्ययविवरण तथा लेखापरीक्षण गरी पारित गरेको संस्थानले जनाएको छ । साथै संस्थानले आव २०७३।०७४ सम्मको लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

संस्थानमा नेपाल राष्ट्र बैंकको ५५.५६ प्रतिशत, नेपाल सरकारको २७.५७ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत शेयर स्वामित्व छ । हिजोको साधारणसभामा तीन जना प्रनितिधि, ७ जना सञ्चालक समिति, बीमा समितिका प्रतिनिधि, महालेखा परिक्षकको कार्यालय प्रतिनिधिको उपस्थिति रहेको थियो । संस्थानको अझै आठ वर्षको बार्षिक साधारणसभा हुन बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*