धाँधली भएको आरोपपछि गैर आवासिय नेपाली संघको निर्वाचन स्थगित !

अमेरिका, बेलायत, जापानलगायतका दर्जनभन्दा बढि देशमा भएको प्रतिनिधि छनौट छानविन गर्न समिति गठन
२८ भाद्र २०७८, सोमबार ०८:३७

काठमाडौं । प्रतिनिधि छनौटमा व्यापक धाँधली भएको गुनासो काठमाडौं आईपुगेसँगै गैर आवासिय नेपाली संघको निर्वाचनका लागि प्रतिनिधि छनौट सम्बन्धी सबै कार्य स्थगित भएको छ । गैर आवासिय नेपाली संघको प्रतिनिधि छनौट लगायतका निर्वाचन सम्बन्धी सबै कार्य रोक्न परराष्ट्र मन्त्रालयतले गैर आवासिय संघ अन्तर्राष्ट्रिय परिषदलाई पत्र लेखेको छ ।

यही भदौं २५ प्रेषित पत्रमा गैर आवासिय नेपाली संघको निर्वाचन सम्बन्धी सबै कार्य रोक्न निर्देशन दिइएको काठमाडौंस्थित परराष्ट्र मन्त्रालयले जनाएको छ । संघको आगामी कार्तिक ६–८ सम्म काठमाडौंमा हुने निर्वाचन समेत स्थगित भएको छ ।

परराष्ट्र मन्त्रालयले राष्ट्रिय समन्वय परिषदको प्रतिनिधि छनौट प्रक्रियामा दर्जनभन्दा बढि देशमा धाँधली भएको उजुरीहरु आएको जनाउँदै एनआरएनएको अन्तर्राष्ट्रिय साख र गरिमा जोगाउन निष्पक्ष, धाँधलीरहित प्रतिनिधि छनौट र निर्वाचनको वातावरण बनाउन पहल सुरु गरिएको उल्लेख छ । परराष्ट्र मन्त्रालयका अनुसार अस्ट्रेलिया, जर्मनी, अमेरिका, न्यूजिल्याण्ड, बेल्जियम, साईप्रस, अष्ट्रिया, बेलायत, चेक गणतन्त्र, स्वीटजरल्याण्ड, बेल्जियम, स्वीडेन, नेदरल्याण्ड, डेनमार्क, पोर्चुगल लगायतका देशहरुमा धाँधली भएको रिपोर्ट काठमाडौं आईपुगेको छ ।

साथै मन्त्रालयले तीन जना गैर आवासिय नेपाली संघका सदस्यहरुले यही भदौं २१ गते लिखित निवेदनसहित उपस्थित नभई विधान विपरितका कार्य रोक्न माग गरिएको स्मरण गराउँदै समस्या समाधान गर्न गैर आवासिय नेपाली सम्बन्धी नियमावली २०६६ को नियम १६ बमोजिम उल्लेखित विषयहरुमा अनुगमन गर्न परराष्ट्र मन्त्रालयको नीति, योजना, विकास कुटनीति तथा विदेशमा रहेका नेपाली सम्बन्धी महाशाखा प्रमुखको संयोजकत्वमा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि सदस्य रहने गरी अनुगमन समिति गठन गरिएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले हस्ताक्षर गरेको पत्रमा महाधिवेशन प्रतिनिधि चयन संबन्धमा छानबिन गर्न उक्त समिति गठन गरिएको जनाइएको छ । उक्त अनुगमन समितिले छानविन गरी प्रतिवेदन पेस नगरेसम्म अन्तरराष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार आईसीसी पूर्वसचिव जानकी गुरुङ (बेल्जियम), एनआरएनए अमेरीकाका सल्लाहकार वेदप्रसाद खरेल र आईसीसी मानार्थ सदस्य नवराज ओली(कतार)ले परराष्ट्र मन्त्रालयमा निवेदन बुझाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*