इटहरीमा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न, बीमा अभिकर्ताको समस्या हल गर्न माग

२८ भाद्र २०७८, सोमबार १७:१८

काठमाडौं । बीमा समितिले प्रदेश नं १ को इटहरीमा हिजो ‘बीमा सचेतनाका लागि प्रदेश नम्बर १ का क्षेत्रिय प्रमुख तथा शाखा प्रमुखहरुसँगको अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा क्षेत्रमा रहेको समस्या र वर्तमानमा कस्तो चुनौती रहेको भन्ने विषयमा छलफल गरिएको थियो । छलफलमा बीमा अभिकर्तालाई बीमा समितिको कारण समस्यामा परेको भन्दै हल गर्न माग गरेका छन् ।

बीमा समितिका निर्देशक दिनेश कुमार लाल, सहायक निर्देशक पुर्ण बहादुर थापा र हृदयश्वर पण्डितको उपस्थितिमा सो क्षेत्रमा रहेको बीमा कम्पनीका शाखा प्रमुख तथा अन्य कर्मचारीहरुसँग छलफल गरी सचेतना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । अन्तरक्रिया कार्यक्रम प्रभावकारी भएको बीमा समितिका निर्देशक लालले बताए । छलफलमा सहभागीहरुले कृषि तथा पशु बीमाको अनुदानको निर्देशिका परिमार्जन गरिनुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा निर्जिवन बीमा कम्पनीमा शाखा प्रमुखहरुले सरकारले ५० प्रतिशतमा अनुदानमा बीमा गराएका बीमितहरुले रकम फिर्ताको माग गरेको जानकारी दिए । जेठ १५ गते अध्यादेशमार्फत सार्वजनिक गरेको अध्यादेश बजेटमा माथि प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले बाली तथा पशु बीमामा दिइदै आएको अनुदान ५० प्रतिशतबाट बृद्धि गरी ८० प्रतिशत बृद्धि गर्ने निर्णय गरेसँगै बीमितहरुले उक्त रकम फिर्ता मागेको हुँदा उक्त व्यवस्थालाई संसोधन गर्न बीमा समितिलाई आग्रह गरेका छन् ।

त्यस्तै, कार्यक्रममा कोरोना बीमा दाबी भुक्तानीमा ढिलाई हुँदा बीमा कम्पनीहरुलाई धेरै नै सम्स्याहरु सिर्जना भईरहेको जसको कारण यसमा बीमा समितिलाई बिशेष ध्यानाकर्षण गराएको छ ।जीवन बीमा कम्पनीहरुको शाखा प्रमुखहरुले बीमा समितिले जीवन बीमा कम्पनीमा आवद्ध अभिकर्ताहरुलाई समस्या भएको भन्दै पुरानै व्यवस्था लागु गर्न आग्रह गरेका थिए ।कार्यक्रममा  प्रदेश  प्रमुख ,  क्षेत्रीय प्रमुख, विभिन्न कम्पनीका शाखा प्रमुखहरु सहित २९ भन्दा धेरैको उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*