लहान नगरपालिकाका सबै नगरवासीको दूर्घटना बीमा गराउने मेयर मुनी साह सुडीको घोषणा

२९ भाद्र २०७८, मंगलवार १४:१४

काठमाडौं । बीमा समितिले प्रदेश नं १ को लहानमा आज ‘बीमा सचेतनाका लागि अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । समितिले आयोजना गरेको उक्त कार्यक्रम हलान नगरपालिकाका मुनी साहको अतिथ्यतामा होटल विशालमा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा क्षेत्रमा रहेको समस्या र वर्तमानमा कस्तो चुनौती रहेको भन्ने विषयमा छलफल गरिएको थियो । बीमा समितिका निर्देशक दिनेश कुमार लाल, सहायक निर्देशक पुर्ण बहादुर थापा र हृदयश्वर पण्डितको उपस्थितिमा सो क्षेत्रमा रहेको बीमा कम्पनीका शाखा प्रमुख तथा अन्य कर्मचारीहरुसँग छलफल गरी सचेतना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । अन्तरक्रिया कार्यक्रम प्रभावकारी भएको बीमा समितिका निर्देशक लालले बताए । छलफल कार्यक्रममा लहान मेयर मनि शाह सुडीले आफ्नो पालिकामा रहेका स्थानीयहरुको दुर्घटना बीमा गराउने कुरा व्यक्त गरेका थिए ।

छलफलमा सहभागीहरुले कृषि तथा पशु बीमाको अनुदानको निर्देशिका परिमार्जन गरिनुपर्ने कुरामा जोड दिएका थिए ।त्यस्तै, कार्यक्रममा कोरोना बीमा दाबी भुक्तानीमा ढिलाई हुँदा बीमा कम्पनीहरुलाई धेरै नै सम्स्याहरु सिर्जना भईरहेको जसको कारण यसमा बीमा समितिलाई बिशेष ध्यानाकर्षण गराएको छ ।

कार्यक्रममा प्रदेश प्रमुख , क्षेत्रीय प्रमुख, उक्त क्षृत्रका जनप्रतिनिधिहरु, वडा अध्यक्ष, निर्वाचित जनप्रतिनिधिहरु, कृषक, स्थानीय तहमा रहेका बीमा कम्पनीका शाखा प्रमुखहरु, उद्योग बाणिज्य महासंघका प्रतिनिधि, शिक्षक, कृषक, व्यापारी लगायतको विभिन्न कम्पनीका शाखा प्रमुखहरु सहितको उपस्थितीमा सम्पन्न गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*