लुम्बिनी जनरल इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

३० भाद्र २०७८, बुधबार ११:००

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले केन्द्रिय कार्यालयका लागि ३ पदमा कर्मचारी माग गरेको छ । मार्केटिङ म्यानेजर।असिस्टेन्ट म्यानेजर, मार्केटिङ अफिसर र मार्केटिङ असिस्टेन्ट हेड अफिसका लागि कम्पनीले केही संख्यामा कर्मचारी माग गरेको हो ।

सो पदका लागि कम्पनीले बीबीए।बीबीएस।बीबीएम तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले ७ दिन भित्रमा आवश्यक कागजातसहित कम्पनीको आधिकारित इमेल [email protected] मा दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*