यूनियन लाइफद्धारा केही संख्यामा कर्मचारी माग

३० भाद्र २०७८, बुधबार १२:४०

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले असिस्टेन्ट देखि म्यानेजर लेभलसम्मको लागि लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले काठमाडौं उपत्यका वा उपत्यका बाहिर शाखा कार्यालयका लागि असिस्टेन्ट देखि म्यानेजरसम्मको लागि केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि एमबीए, मास्टर डिग्री वा ब्याचलर उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सम्पूर्ण कागजात खुलाई कम्पनीको शाखा कार्यालयमा सम्पर्क राख्न सक्ने छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*