१९ जीवन बीमा कम्पनीका ५७९१ जना कर्मचारीले बुझे ४० करोड बोनस

३० भाद्र २०७८, बुधबार १३:३७

काठमाडौं । नेपालमा संचालनमा रहेको १९ जीवन बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुलाई ४० करोड २६ लाख रुपैयाँ बोनस दिएका छन् ।बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार पाँच हजार ७९१ जना कर्मचारीहरु कार्यरत छन् । उनीहरुले कूल ४० करोड रुपैयाँ बोनस बापत कम्पनीहरुबाट प्राप्त गरेका छन् ।

कर्मचारी बोनस ऐन अनुसार कुनै पनि रोजगारदाता प्रतिष्ठानले वार्षिक करपछिको खुद नाफाको न्यूनतम १० प्रतिशतसम्म कर्मचारीलाई बोनस वितरण गनुपर्ने व्यवस्था रहेको छ ।बोनस ऐन अनुसार कर्मचारीहरुलाई जीवन बीमा कम्पनीहरुले ४३ करोड ५४ लाख ९२ हजार रुपैयाँ बोनस वितरण गरिसकेका छन् । छुट्याइएको बोनस कम्पनीहरुले वर्ष चालु आवको वार्षिक साधारणसभाबाट पारित गर्नुपर्ने हुन्छ ।

बीमा समितिको तथ्याङ्क यस्तो छ,

गत आर्थिक वर्षमा १९ वटा बीमा कम्पनीमा सबैभन्दा बढी बोनस नेपाल लाइफले र सबैभन्दा थोरै राष्ट्रिय बीमा संस्थाने वितरण गरेको छ । नेपाल लाइफले कर्मचारीहरुको लागि छ करोड ८५ लाख रुपैयाँ बोनस वितरण गरेको छ ।त्यस्तै, नेशनल लाइफले छ करोड ८५ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेको छ भने राष्ट्रिय बीमा संस्थानले ४५ लाख रुपैयाँ वितरण गरेको छ ।

नौ वटा जीवन बीमा कम्पनीहरुले दुई करोड रुपैयाँदेखि करिब ७ करोड रुपैयाँसम्म, आठ जीवन बीमा कम्पनीले एक करोड रुपैयाँदेखि दुई करोड रुपैयाँसम्म र दुई वटा जीवन बीमा कम्पनीले एक करोड रुपैयाँभन्दा कम कर्मचारीलाई बोनस रकम वितरण गरेको छ ।

गत आर्थिक वर्षमा सबैभन्दा बढि मेट लाइफका कर्मचारीले बोनस प्राप्त गरेका छन् । त्यस्तै, सबैभन्दा कम रिलायन्स लाइफ इन्स्योरेन्सका कर्मचारीहरुले प्राप्त गरेका छन् । मेट लाइफमा हाल १५८ जना कर्मचारी कार्यरत छन् । जसअनुसार गत आवमा कम्पनीले वितरण गर्ने बोनस औषतमा प्रति कर्मचारीले दुई लाख ७ हजार ५९४ रुपैयाँ बोनस बुझेका छन् । यता, रिलायन्स लाइफ इन्स्योरेन्समा २४४ जना कर्मचारी कार्यरत छन् । गत आर्थिक वर्षमा कम्पनीले प्रति कर्मचारीले ३१ हजार ९४२ रुपैयाँ बोनस प्राप्त गरेका छन् ।

2 thoughts on “१९ जीवन बीमा कम्पनीका ५७९१ जना कर्मचारीले बुझे ४० करोड बोनस

  1. Shipujan shah says:

    Kaile badyo unionlife le bonus khoi maile 14 months kaam gare paudaina bonus bhanyo ta .thankyou for news

    1. Prabin says:

      Maila 3 yrs kam garey…last year ko bonous nae payena..vitri kura sunda karmachari ko bonous ko paisa sabae agent loan recovered vanera dekhayo vanni suninxa..

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*