सिद्धार्थ इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

३१ भाद्र २०७८, बिहीबार ११:४८

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले काठमाडौं उपत्यका लगायत उपत्यका बाहिरका शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका लागि अफिसर।सिनियर अफिसर–मार्केटिङमा प्रदेश प्रमुख र डेपुटी प्रमुख माग गरेको हो ।

जसका लागि शैक्षिक योग्यता स्नातक तह उत्र्तिण हुनुपर्ने र अनुभव प्राप्त कर्मचारीलाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
योग्यता पुुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सम्पूर्ण कागजात खुलाई कम्पनीको इमेल मार्फत दरखास्त दिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*