नेपाल पुनर्बीमा कम्पनीका संचालक अर्यालले दिए राजीनामा

३१ भाद्र २०७८, बिहीबार १२:१४

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालकको राजीनामा स्वीकृत भएको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा यस्तो जानकारी गराएको हो ।

कम्पनीको भदौ ३० गते साँझ सवा ७ बजे बसेको संचालक समितिको ३६० औं बैठकले संचालकमा रहेका डा.डिल्लीराज अर्यालको राजीनामा स्वीकृत गरेको हो ।

अर्याल राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए । उक्त कम्पनीमा अर्याल सिइओ नरहेकाले पुर्नबीमा कम्पनीको संचालक सदस्यको रुपमा निरन्तरता दिन नसक्ने कारण देखाई भदौ २७ गतेदेखि लागू हुने गरी संचालक पदबाट राजीनामा दिएकोमा संचालक समितिले सोही मितिदेखि नै लागू हुने गरी राजीनामा स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*