सप्तहरीमा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न, बीमा सम्बन्धी नीति थप मजबुत बनाउने मेयर हकको प्रतिवद्धता

३१ भाद्र २०७८, बिहीबार १३:३७

काठमाडौं । बीमा समितिले प्रदेश नं २ को सप्तहरीमा ‘बीमा सचेतनाका लागि अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम खडक नगरपालिका सप्तरीमा स्थानीय तह तथा सरोकारवालाहरु सँगका उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा क्षेत्रमा रहेको समस्या र वर्तमानमा कस्तो चुनौती रहेको भन्ने विषयमा छलफल गरिएको थियो । बीमा समितिका निर्देशक दिनेश कुमार लाल, सहायक निर्देशक पुर्ण बहादुर थापा र हृदयश्वर पण्डितको उपस्थितिमा सो क्षेत्रमा रहेको बीमा कम्पनीका शाखा प्रमुख तथा अन्य कर्मचारीहरुसँग छलफल गरी सचेतना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । अन्तरक्रिया कार्यक्रम प्रभावकारी भएको बीमा समितिका निर्देशक लालले बताए ।

बीमा समितिका निर्देशक दिनेशलाल कर्णको संयोजकत्वमा सम्पन्न यस कार्यक्रममा खडक नगरपालिकाका मेयर हेमायु हक, उपमेयर यासमिंन सुल्तान सहित सम्पुर्ण वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रममा सानिमा जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुदुम्न उपाध्याय तथा आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयालको पनि उपस्थिति थियो । त्यस्तै एलआइसी नेपालका प्रदेश एक र दुईका प्रमुख विपिनलाल कर्ण, शिक्षक, कृषक लगायतको उपस्थिति थियो । आजको कार्यक्रम समितिका सहायक निर्देशक पुर्ण बहादुर थापाले सञ्चालन गरेका थिए ।

कार्यक्रममा उक्त क्षेत्रका बीमा कम्पनीका प्रमुखहरुले दाबी भुक्तानीको प्रकृयालाई छिटो र छरितो गरि बीमा कम्पनीको विश्वास कायम गर्न सहयोग गर्न थप मद्धत पुग्ने भएको कारण यस बिषयमा गम्भीर ध्यानाकर्षण गराएको छ । उक्त क्षेत्रका मेयर बीमा मेयर हेमायु हकले नगरपालिकाले बीमा सम्बन्धी नीति बनाउने प्रतिवद्धता व्यक्त गर्दै स्थानीयहरुलाई सम्पत्ती बीमा, कृषि बीमा र जीवन बीमा गर्न प्रोत्साहन गर्ने जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*