एशियन लाइफद्धारा १ करोड ८४ लाख मृत्यु दाबी भुक्तानी

३१ भाद्र २०७८, बिहीबार १४:१६

काठमाण्डौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कलंकी शाखाले बीमा दाबी वापतको १ करोड ८४ लाख १४ हजार ५ सय ५८ रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीको कलंकी शाखाले मृतक बीमित गकुल महराकी श्रीमति निर्मला विष्टलाई उक्त दाबी रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

मृतक बीमित महराले कम्पनीको कलंकी शाखामा ७५ लाख रुपैयाँको वार्षिक धनलाभ, २५ लाख रुपैयाँको दम्पत्ति सुरक्षा प्लस र ६ लाख रुपैयाँको १५ वर्षे अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराएका थिए । कम्पनीले कुल बीमांक रकम १ करोड ६ लाख रुपैयाँमा दुर्घटना मृत्यु लाभ र बोनश रकम समेत जम्मा १ करोड ८४ लाख १४ हजार ५ सय ५८ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीका अनुसार बीमित महराले बीमाशुल्क वार्षिक धनलाभ जीवन बीमामा ६ लाख १५ हजार १ सय ८८ रुपैयाँ, दम्पत्ति सुरक्षामा ५ लाख ९३ हजार ७ सय ४५ र अग्रिम भुक्तानी सावधिकमा २ लाख ९४ हजार ९ सय ६ रुपैयाँ समेत गरी जम्मा १५ लाख ३ हजार ८ सय ३९ रुपैयाँ बीमाशुल्क बापतको रकम सो कम्पनीमा जम्मा गरिसकेका थिए । बीमित महराको गत जेठ १ गते ३३ वर्षको उमपवेरमा कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले बुधबार कम्पनीको प्रधान कार्यालयमा एक कार्यक्रमबीच दाबी भुक्तानी वापतको चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका संचालकद्वय सजल मास्के, अच्यूत राज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*