मोटर बीमाले धान्यो निर्जिवन बीमा व्यवसाय, ४० प्रतिशशत बजार हिस्सासहित मोटरबीमा सबैभन्दा अगाडि, कुुन क्षेत्रमा कति ?

३१ भाद्र २०७८, बिहीबार १६:५१

काठमाडौं । बीमा समितिको तथ्याङक अनुसार २०७७/७८ को चौथौ त्रैमाससम्मा मोटर बीमा हिस्सा अधिक छ । तेस्रो पक्षको बीमामा सरकारले अनिवार्य गरेको हुदाँ यसको हिस्सा अधिक भएको हो । निर्जीवन बीमा कम्पनीहरुले गरेको व्यवसायमध्ये मोटर बीमाको हिस्सा करिब ४० प्रतिशत रहेको छ ।

बीमा समितिको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३१ अर्ब ५६ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। त्यसमध्ये ३८ प्रतिशत अर्थात ११ अर्ब ९३ करोड रुपैयाँ मोटर बीमाबाट मात्रै आर्जन गरेको छ।

त्यस्तै. किस्तामा निकालेको सवारी साधानमा तेस्रो पक्षको बीमासँगै मोटर बीमा पनि अनिवार्य जस्तै छ। जसले गर्दा पनि निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको ठूलो योगदान रहेको छ।त्यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १५ लाख ९५ हजार ४१२ मोटर बीमालेख जारी गरेका छन् भने ५ अर्ब ३६ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन्।

निर्जीवन बीमामा मोटर बीमा पछि अग्नी बीमाको योगदान २२ प्रतिशत रहेको छ। अग्नी बीमाबाट निजीवन बीमा कम्पनीहरुले कुल बीमाशुल्कको २२ प्रतिशत अर्थात ६ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

चार लाख ६२ हजार ९९७ वटा अग्नी बीमालेख जारी गरी निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ८२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन्।निर्जीवन बीमा व्यवसायमा मोटर बीमा र अग्नी बीमाको गरी ६० प्रतिशत योगदान छ।यस्तै, विविध बीमाको १० प्रतिशत, इन्जिनियरिङ्ग बीमाको ९ प्रतिशत, हवाई बीमाको ८ प्रतिशत र सामुद्रिक बीमाको ६ प्रतिशत योगदान छ।

कृषि बीमालाई सरकारले प्राथमिकतामा राख्दै आएपनि यसप्रंति किसानहरुको आकर्षण कम हुँदै गएको तथ्याङ्कले देखाएको छ।बीमा समितिको तथ्याङ्क अनुसार बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६७ हजार ८८३ वटा लघु बीमालेख जारी गरी ३९ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो कुल बीमाशुल्क ३१ अर्ब ५६ करोडको एक प्रतिशत मात्रै हो।
सरकारले कृषि बीमा १० प्रतिशत पुर्याउने लक्ष्य राखेको भएपनि गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ प्रतिशतमा मात्रै सीमित हुन पुगेको छ।

यस अवधि निर्जीवन बीमा कम्पनीहरुले १ लाख ७२ हजार ५८ कृषि बीमालेख जारी गरी १ अर्ब ८२ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका छन्।अर्थमन्त्री शर्माले बजेटको प्रतिस्थापन विद्येयक संसदमा प्रस्तुत गर्दै कृषि बीमाको अनुदान रकम ३० प्रतिशतले बढाएर ८० प्रतिशत पुर्याएका छन्। कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्युनीकरण गरी यस क्षेत्रमा किसानहरुको आकर्षण वृद्धि कृषि तथा पशु बीमाको दायरा विस्तार गर्न सहयोग पुग्ने सरकारको अपेक्षा छ। आगामी आर्थिक बर्षमा भने कृषि बीमामा कृषकको दायरा बढ्ने लक्ष्य सरकारले राखेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*