प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलामीमा

१ आश्विन २०७८, शुक्रबार १४:३५

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ ।

कम्पनीले ६० हजार ६६९ कित्ता संस्थापक शेयर आज (शुक्रबार) देखि बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ५०१ रुपैयाँ तोकेको छ । जसअुनसार आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले असोज १५ गतेसम्म बोलपत्त पेश गर्न सक्नेछ ।
सो शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिनेछ ।

बोलपत्र असोज १७ गते अपरान्ह साढे ३ बजे सिद्धार्थ क्यापिटल, लिमिटेड, नारायणचौर, नक्सालमा खोलिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*