लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा कर्णाली र सदुरपश्चिम प्रदेशस्तरीय मार्केटिङ मिट सम्पन्न

२ आश्विन २०७८, शनिबार १०:५२

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले कर्णाली र सुदरपश्चिम प्रदेशस्तरीय मार्केटिङ मिट कार्यक्रम हिजो सम्पन्न गरेको छ । कैलाली जिल्लाको लम्कीचुवा नपा ३, कर्णाली चिसापानीमा यही असोज १ गते आयोजित कार्यक्रममा उक्त दुई प्रदेशमा रहेको कम्पनीका १० वटा शाखाको सहभागिता रहेको थियो ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनको जुम्ला, रुकुम, सुर्खेत, नेपालगन्ज, दिपायल, बझाङ, महेन्द्र, लम्की, धनगढी, नेपालगन्ज शाखाका प्रमुख र मार्केटिङ विभागका कर्मचारीहरुलाई कम्पनीलाई तालिम तथा मार्केटिङ रणनीति सम्बन्धी छलफल गरिएको कम्पनीले जनाएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख नायब प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको प्रमुख अतिथि र कर्णाली प्रदेश प्रमुख यज्ञ प्रसाद सापकोटा, सदुरपश्चिम प्रदेश प्रमुख धर्मराज बडु अतिथि रहेको कार्यक्रम लम्की शाखा प्रमुख डिक्र प्रसाद तिमिल्सेनाले सञ्चालन गरेका थिए ।

कार्यक्रममा डेपुटी सिईओ भट्टराईले कम्पनीको बजारिकरण रणनीति, योजना, व्यवसायको विकास, उत्प्रेरणा, नेपालको बीमा बजारको अवस्था तथा अन्य कम्पनीहरुको रणनीतिक योजनाबारे प्रशिक्षण दिएका थिए ।

प्रदेश १ बाट सुरु भएको मार्केटिङ मिट कार्यक्रम सुदुरपश्चिमसम्म पुग्दा सफल र फलदायी भएको डेपटी सिईओ भट्टराईले बताए । कम्पनीले बागमति प्रदेश बाहेकका सबै प्रदेशहरुमा मार्केटिङ मिट कार्यक्रम सम्पन्न गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*