सिद्धिचरण नगरपालिकामा बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न, दाबी भुक्तानी प्रकृयामा ढिलाई नगर्न मेयरको आग्रह

२ आश्विन २०७८, शनिबार १६:५४

काठमाडौं । बीमा समितिले आयोजना गरेको बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तक्रिया कार्यक्रम सिद्धिचरण नगरपालिकामा सम्पन्न गरिएको हो । अन्तक्रिया कार्यक्रम बीमा समितिको तर्फबाट कार्यकारी निर्देशक राजुरमण पौडेल, नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठ, उपमेयर इच्छा कुमारी गुरुङ, जीवन बीमक संघका अध्यक्ष एवं मेट लाइफ सिईओ निर्मल काजी श्रेष्ठ, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत विनोद खकाजी श्रेष्ठको उपस्थिती रहेको छ ।

कार्यक्रममा सिद्धिचरण नगरपालिकामा मेयर मोहन कुमार श्रेष्ठले कार्यक्रममा बीमा दाबी भुक्तानीको कारण यस प्रति हेर्ने दुष्टिकोण परिर्वतन भएको भन्दै समयमा नै दाबी भुक्तानी प्रकृयालाई अघि बढाउने कुरामा जोड दिएका थिए । साथै उनले देश निमार्णमा बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको कुरा पष्ट्रयाएका थिए ।

कार्यक्रममा मन्त्व्य राख्दै समितिका कार्यकारी निर्देशक पौडेलले स्थानीय निकायलाई बीमाको दायरामा सबैलाई समावेश गर्न सकियो भने प्राकृतिक र अप्राकृतिक विपत्तीको समयमा सरकारलाई भार कम पर्ने कुरा व्यक्त गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*