जीवन बीमा व्यवसायमा ‘टाईगर पुरी’को लामो यात्रा, प्रभु लाइफलाई नयाँ उचाईमा पर्याउने प्रतिबद्धता

२ आश्विन २०७८, शनिबार १९:३९

काठमाडौं । कृष्ण कुमार पुरीलाई नेपाली बीमा व्यवसायमा अधिकांशले ‘टाईगर’को उपनामले चिन्दछन् । बुटवलका कृष्ण कुमार पुरीको परिचय अहिले बदलिएको छ । उनी लुम्बिनी प्रदेशमा बीमाको लागि बादशाह नै हुन् । उनको उपनाम ‘टाईगर’ झै जीवन बीमा व्यवसायमा जम्दै गएका पुरीले कृष्ण कुमार पुरीबाट टाईगर पुरी भएसँगै पछाडि फर्केर हेर्नु परेको छैन ।

दृढ आत्म विश्वास, निडरता र व्यवसायिक कार्यकुशलतालाई देखेर उनलाई टाईगर उपनाम दिएका थिए, हालका प्रभु इन्स्योरेन्समा डेपुटी सिईओ किशोर लामिछानेले । लामिछाने झण्डै एक दशक अघि दिएको उपनाम आज सार्थक बनेको छ ।

चुनौतीको सामाना गर्न रमाउँने उनमा एउटा सामान्य व्यक्तिमा भन्दा कयौ गुणा काम गर्न सक्ने क्षमता छ । तर, उनको शारीरिक अवस्थामा भने आम व्यक्ति जस्तो सामान्य भने छैन । पुरी डेढ बर्षका हुँदा उनलाई पोलियो भएको थियो । कैयौ उपचार गरे पनि सफल भएन ।

पोलियोको कारण उनको एउटा खुट्टा कमजोर छ । जसले सामान्य रुपमा काम गर्न सक्दैन । त्यस्तै अर्को हातले पनि सामान्य मानिस जसरी काम गर्दैन । तर, पुरी आम मानिसभन्दा अब्बल र नजितामुखी काम गरिरहेका छन् ।

पोलियको कारण नै उनको आत्मविश्वास आज बलियो भएको पुरी हास्दै बताँउछन् । उनलाई कुनै पनि काममा आफु कमजोर छु भन्ने महसुश नै नहुने सगौरव बताउँछन् । उनि भन्छन् ‘मलाई कहिल्यै पनि शारीरिक रुपमा कमजोर छु जस्तो लाग्दैन । किनकी मेरो परिवारले मलाई कहिले पनि त्यस्तो व्यवहार गरेन । मेरो अध्ययन पनि आम बच्चाहरुले जसरी नै भयो ।’

पुरीका श्रीमती र दुई ओटा छोरा छन् । अहिले उनी आफना आमाबुबाको साथमा बुटवलमा बस्छन् । सबैको असल अभिभावक बनेर पुरी सिंगो लुम्बिनी प्रदेशमा बीमा व्यवसाय चम्काइरहेका छन् ।

जीवन बीमा व्यवसायमा जस्तोसुकै असम्भव सम्भव भएको धारणा राख्ने पुरी भन्छन् ‘मलाई कसैले हुम्ला जुम्लामा गएर काम गर भन्यो भने म सक्दिन । तर, यदि तराईको कुनै पनि जिल्लामा काम गर भन्छ भने म गर्न सक्छु ।’ पुरीमा त्यो आत्मविश्वास त छ । तर, कहिलेकाही आफनो शारिरीक कमजोरीका कारण मानिसहरुले उनको क्षमता शंका गर्दा ती मानिस प्रति उनलाई नराम्रो लाग्ने गरेको तीतो अनुभव पनि उनीसँग छ ।
उनले यसअघि एशियन लाइफ इन्स्योेरेन्सको कामु विभागीय प्रबन्धक पुरीले लुम्बिनी अञ्चल हेरेका थिए । उनले २०७४ साल साउन २३ गते एशियन लाईफमा प्रवेश गरेका थिए । त्यस अवधीमा उनले एशियन लाइफलाई लुम्बिनी प्रदेशमा केही करोडको व्यवसायबाट बार्षिक तीन अर्ब टार्गेट च्यालेन्ज गर्न सक्षम भए उनी यही असोज १ गतेबाट प्रभु लाइफ इन्स्योरेन्समा आवद्ध भएका छन् ।

बुबाको जागिरको शिलशिलामा भारत पुगेका पुरीले आफनो अध्ययन पनि उत्तैबाट पुरा गरे । आफनो करिअरको सुरुवात उनले लाईफ इन्स्यारेन्स कर्पोरेशन इण्डिया कम्पनीबाट सुरु भएको थियो । पुरी एक दिन दिल्लीबाट ट्रेनमा चढेर फत्तेगढ आउँदै थिए । ट्रेनको एउटा छेउमा एक जना बृद्ध थिए । जसले मानिसहरुको बुट पोलिस गर्दै थिए । उनी पहिला आफना ग्राहकलाई टाईम्स अफ इण्डिया पत्रिका पढ्न दिन्थे ।
ग्राहकले उभिएर पत्रिका पढ्दै गर्दा उनी ग्राहकको बुट पनि पोलिस गर्ने काम गथ्यो । प्रतिग्राहकले उनलाई २५ पैसा दिन्थ्यो । पुरीले उक्त गतिविधि नजिकबाटै हेरिरहेका थिए ।

एकजना ग्राहकले उनको कामको प्रंशसा गर्दै उनलाई ५० पैसा दियो । तर उनले लिन मानेनन् । आफनो शुल्क लिएर बाँकी २५ पैसा फिर्ता गरे । मलाई अचम्म लाग्यो । त्यो स्थानमा बसेर काम गर्दा पनि उनले आफनो आत्मसम्मान भने ति व्यक्तिले बिक्री गरेनन् । ति बृद्धाको काम प्रतिको सम्मान र आत्मविश्वास देखेर पुरी सोचमा डुबे ।

पुरी पनि आफूले गरेकोे कामले लोकको हित होस । यही क्रममा उनलाई एलआईसी नेपालले अभिकर्ताको तालिम दिन लागेको थाहा पाए र सहभागी भए । र उनले १९९५ देखि एलआईसीको अभिकर्ताको रुपमा काम गर्न सुरु गरे ।

एलआईसी इण्डियाको एजेन्टमा नियुक्त भएपछि पहिलो पटक उनले आफनै बुबाको हाकिम अर्थात मनेजरको बीमा गरे । तर, उनलाई बीमा गराउन खासै गारो भएन । उनी भन्छन् ‘मेनेजर सरले बीमाको बारेमा बुझि सक्नु भएको थियो । मलाई खासै बुझाउनु परेन । उहाँले मलाई बीमा गराउँनु नै छ त तिमिसँग नै किन नगर्ने भनेर गर्नु भयो ।’ भारतमा मात्रै उनले करिब २ हजार जनाको बीमा गरे ।

समय बित्दै जाँदा उनको परिवार नेपाल नै फर्कियो । नेपालमा नै उनले अभिकर्ता रुपमा केही समय काम गरे । २०६४ सालमा उनले प्राईम लाईफमा कर्मचारीको रुपमा नियुक्त भएर बीमा क्षेत्रमा पुनः प्रवेश गरे । उनले लुम्बिनी क्षेत्रको क्षेत्रिय प्रमुख भएर काम गरे । २०७४ सालमा उनले एशियन लाईफमा प्रवेश गरेका थिए । सिंगापुर, बैंकक, ताईवान, बंगलादेश लगायतका मुलुकको भ्रमण गरिसकेका पुरीको अबको यात्रा प्रभु लाइफमा हुनेछ । बीमापोष्टसँग प्रतिक्रिया दिँदै पुरी भने, ‘जसलाई मलाई टाईगर उपनाम दिएर बीमा क्षेत्रमा थप हौसला दिनुभयो, उनैसँग अबको सहकार्य हुँदैछ, नयाँ कम्पनीले नयाँ उपनाम पाउने गरी नतिजामुखी काम गर्नेछु ।’ नेपालको इतिहासमा शारीरिक रुपमा पूर्ण सक्षम नभएर पनि बीमा व्यवसायमा उनको मेहनत र कार्यशैली ऐतिहासिक छ, सफल कार्यकालको हार्दिक शुभकामना ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*