एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्त प्रबल जन सेवाश्री पदकबाट विभुषित

३ आश्विन २०७८, आईतवार ०९:१५

काठमाडौं । बीमा क्षेत्रबाट देशलाई उल्लेखनीय योगदान पुर्याएबापत एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्त प्रबल जनसेवाश्री पदबाट विभुषित भएका छन् ।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ पन्तलाई विभुषित गर्ने निर्णय गर्नु भएको हो । पन्तको नेतृत्वमा रहेको एनएलजी इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रबाट देशलाई अतुलनीय योगदान पुर्याएबापत सरकारले सिईओ पन्तलाई प्रबल जन सेवाश्री पदकबाट विभुषित गर्ने निर्णय गरेको हो । २०७५ सालमा एनएलजी इन्स्योरेन्स कम्पनीको सिईओमा नियुक्त भएपछि पन्तले कम्पनीलाई प्रगतिपथमा अघि बढाएका छन् । प्रतिस्पर्धी कम्पनीहरुलाई उछिन्दै हाल देशको पाँचौं कम्पनीको रुपमा बीमा सेवा प्रवाह गरिरहेको छ । कम्पनीले सरकारले अनुदान समेत दिएर प्राथमिकतामा राखेको कृषि तथा पशुपंक्षी बीमामा निकै ठूलो योगदान गरेको छ ।

देशकै प्रतिष्ठित र राज्यद्धारा विभुषित हुन सफल एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्तलाई बीमापोष्ट डटकम परिवार बधाई ज्ञापन गर्दै अझै दृढताका साथ बीमाको माध्यमबाट जनताको सेवा गर्ने हौसलाको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

One thought on “एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्त प्रबल जन सेवाश्री पदकबाट विभुषित

  1. Thakur prasad nepali says:

    लु १ ज ४१९३ काे जिप काे बिमा काे मिति कहिले सम्म होला सबारी धनी कमला पाण्डे

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*