राष्ट्रपतिद्वारा शिखर इन्स्यारेन्सका सिईओ दीप प्रकाश पाण्डे प्रबल जन सेवाश्रीबाट विभुषित

३ आश्विन २०७८, आईतवार १०:३९

काठमाडौं । देशकै सबैभन्दा ठूलो र उत्कृष्ट बीमा व्यवसायको परिचय बनाएको शिखर इन्स्योरेन्स कम्पनीका सिईओ तथा नेपाल बीमक संघका अध्यक्ष दीप प्रकाश पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा प्रबल जन सेवाश्री पदकबाट विभुषित गर्नुभएको छ ।

गृह मन्त्रालयले आज प्रकाशित सूचना अनुसार सातौं संविधान दिवसको अवसरमा बीमा क्षेत्रबाट आम जनताको सेवा र देशको आर्थिक समृद्धिमा बीमा क्षेत्रबाट योगदान पुर्याएबापत कदर र सम्मान स्वरुप पाण्डेलाई प्रबल जन सेवाश्री पदकबाट विभुषित गरिएको हो ।

राष्ट्रपति कार्यालयले संविधान दिवसको अवसरमा देश र जनताको सेवामा समर्पित विभिन्न व्यक्तित्व तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई विभिन्न पदकबाट सम्मानित गर्ने गर्दछ । प्रबल जन सेवाश्री राज्यले दिने उत्कृष्ट पदक मध्येको एक हो ।

अध्यक्ष रहेको बीमक संघले नेपालको निर्जिवन बीमा क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आइरहेको छ । संघले अन्तर्राष्ट्रिय संस्था युके एडसँगको सहकार्यमा लघुबीमा कार्यक्रममार्फत न्यून आए भएका, अभाव र गरिबीको रेखामुनी रहेको जनतालाई बीमाको दायरामा ल्याउने काम गर्दै आइरहेको छ । त्यस्तै संघमा पाण्डेको लेखेको नेतृत्वदायी भूमिका कारण नेपाली बीमा क्षेत्रको दायरा अझै फराकिलो हुन पाएको छ भने संस्थागत सुशासन र बीमाको विकासमा समेत योगदान पुर्याउँदै आएका छन् ।

पाण्डेको नेतृत्वमा रहेको शिखर इन्स्योरेन्स कम्पनी देशको पहिलो नम्वरको कम्पनीको रुपमा बीमा सेवा प्रवाह गरिरहेको छ । कम्पनीले चितवनका केरा खेतीमा आबद्ध किसान तथा विकट कर्णाली अञ्चल तथा मुस्ताङमा मौषममा आधारित स्याऊको बीमा गरेर स्याऊ किसानहरुको मन मनमा बस्न सफल भइसकेको छ । शिखर इन्स्योरेन्स कम्पनीले सरकारले अनुदान समेत दिएर प्राथमिकतामा राखेको कृषि तथा पशुपंक्षी बीमामा निकै ठूलो योगदान गरेको छ ।

बीमा क्षेत्रमा उल्लेखनीय योगदान र समग्र नेपाली बीमा व्यवसायलाई नेतृत्व दिन सफल भएका कारण संघ अध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनीका सिईओ पाण्डे विभुषित हुनु भएकोले नेपाली बीमा क्षेत्रको विकास र स्थायीत्वमा अझै प्रभावकारी भूमिका खेल्न सफलताको लागि हार्दिक शुभकामनासहित बीमापोष्ट डटकमको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौं ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*