बीमा समितिद्वारा बीमा सेचतना सम्बन्धी भिडियो सार्वजनिक, बीमा अभिकर्ताको कथा समेटियो

४ आश्विन २०७८, सोमबार १२:२४

काठमाडौं । बीमा समितिले जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । बीमा समितिले आफ्नै युट्युव च्यानलमार्फत बरिष्ठ कलाकार हरिबंश आचार्य तथा मदनकृष्ण श्रेष्ठ अभिनित बीमा सेचतना सम्बन्धी भिडियो सार्वजनिक गरेको हो ।

करिब दुई मिनेट लामो भिडियोमा जीवन बीमा र निर्जिवन बीमा बारेमा आम सर्वसाधारणलाई सचेतना फैलाउने सन्देश प्रवाह गर्न खोजिएको छ । उक्त जनचेतना सम्बन्धी भिडियोमा बीमा अभिकर्ताको वैवाहिक कथा समेटिएको छ ।

बीमा समितिले पहिलो पटक आफ्नै युट्युव च्यानल सञ्चालनमा ल्याएको हो । बीमा समितिको आधिकारिक युट्युव च्यालनमा आगामी दिनमा पनि बीमा सचेतना सम्बन्धी भिडियोहरु सार्वजनिक गर्दै जाने बीमा समितिले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*