नेशनल लाइफको अभिकर्ता पुर्नताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

४ आश्विन २०७८, सोमबार १८:२६

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले महेन्द्रनगरस्थित शाखाले अभिकर्ता पुर्नताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। उक्त सम्मान कार्यक्रममा बिबिध बिधा अन्तर्गत केही उत्कृष्ट ब्यवसायी अभिकर्ताहरु लाई सम्मान गरिएको थियो। कम्पनीले यसअघि पनि व्यवसायिक दक्षता अभिवृद्धि सम्बन्धी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

कार्यक्रमका सिलसिलामा कम्पनीले महेन्द्रनगर शाखाबाट अभिकर्ता पुर्नताजगी तथा बिबिध बिधा अन्तर्गत केही उत्कृष्ट ब्यवसायी अभिकर्ताहरु लाई सम्मान समेत गरेको हो । गत आर्थिक बर्षमा उक्त शाखा कार्यालयबाट उत्कृष्ट ब्यवसायी प्रबन्धक र ब्यक्तिगत कोडबाट उत्कृष्ट अभिकर्ताहरुलाई ट्रफि र प्रशांसापत्र सहित सम्मान गरेको हो । कम्पनीले गरेको सम्मानले अभिकर्ताहरुलाई उर्जा थप्नुुका साथै जागरुप बनाएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*