आइएमई लाइफद्धारा ५ लाख १० हजार बीमा दाबी भुक्तानी

५ आश्विन २०७८, मंगलवार १६:१४

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमा दाबी वापतको ५ लाख १० हजार रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीका जोखिमाङ्कन समितिका सुदिप राणाले उक्त रकम बराबरको चेक बीमित भेषकुमारी प्रधानको छोरा किसन श्रेष्ठलाई हस्तान्तरण गरेको हो । इटहरी १७ की बीमित श्रेष्ठको गत असार ३१ गते विराटनगरस्थित विराट मेडिकल कलजेमा कोभिड संक्रमणका कारण मृत्यु भएको थियो ।

कम्पनीले उक्त बीमा दाबी भुक्तानी गरेको समारोहमा कम्पनीका प्रदेश १ प्रमुख ओम प्रकाश राई, इटहरी शाखाका प्रमुख विकास श्रेष्ठ, झुम्का शाखाका विनोद कुमार चौधरीलगायत अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*