बीमा समितिको विभेदपूर्ण निर्देशिकाको असरः पुनर्बीमा दलाल कम्पनी दर्ता भएनन्

रिना खत्री
६ आश्विन २०७८, बुधबार १३:४५

काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धी निर्देशिकामा अन्यौलका कारण हालसम्म एउटा पनि ब्रोकरले काम गर्ने अनुमति लिएका छैनन् । निर्देशिकामै दलाल(ब्रोकर)लाई काम गर्ने मान्यता दिएपनि हालसम्म एउटा पनि दलालले काम गर्ने अनुमति नलिएको पुनर्बीमा कम्पनीले जानकारी दिएको छ ।

बीमा समितिले बीमा दलाल(ब्रोकर) राख्न पाउने स्पष्ट व्यवस्था बीमा ऐनमा गरिएको छ । गत आर्थिक वर्ष जारी गरेको बीमा नियमन निर्देशिकामा बीमा ब्रोकरले काम गर्ने कानुनी व्यवस्था छ । निर्देशिकामै दलाल(ब्रोकर)लाई काम गर्ने मान्यता दिएपनि हालसम्म एउटा पनि दलालले काम गर्ने अनुमति लिएका छैनन् ।

बीमा समितिले जारी गरेको उक्त निर्देशिकामा रि इन्स्योरेन्स ब्रोकरको अधिकृत पूँजी कम्तिमा दश करोड रुपैयाँ तोकिएको छ । अधिकृत पूँजीको ५० प्रतिशत चुक्ता पूँजीको रुपमा कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस आधारमा रि इन्स्योरेन्स ब्रोकर कम्पनी खोल्न चुक्ता पूँजी कम्तिमा पनि ५ करोड रुपैयाँ हुनुपर्नेछ व्यवस्था गरिएको छ । तर विदेशी पुनर्बीमा दलाल अन्तर्गत उक्त निर्देशिका बमोजिम अमेरिकी डलर ५० हजार रुपैयाँ (५८ लाख ८३ हजार ८ सय रुपैयाँ ) जम्मा गनुपर्ने प्रावधान रहेको छ । विदेशी ब्रोकरको तुलनामा नेपाली ब्रोकरले ७४९ गुणा बढी पर्ने भएपछि नेपाली कम्पनीहरुले पुनर्बीमा दलालको लाइसेन्स लिन हिच्किचाएका छन् । नेपालमा पुनर्बीमा दलाल कम्पनी दर्ता गर्न खोजेकाहरु बीमा समितिको विभेदकारी नीतिको सिकार भएकोले कुनै पनि पुनर्बीमा दलाल कम्पनी दर्ता गर्न नसकिएको गुनासो गरेका छन् ।

जसअन्तर्गत नेपाली पुनर्बीमा दलालसँग संयुक्त रुपमा पुनर्बीमा दलाल संगठित संस्था खोल्न इच्छुक विदेशी पुनर्बीमा दलालले यस निर्देशिकाको दफा ३ बमोजिमको व्यवस्था अनुसारको पूँजीको ५५ प्रतिशतसम्म शेयर हिस्सा राख्न पाउने व्यवस्था रहेको छ ।नेपाली ब्रोकरको हकमा ब्रोकरले तोकेको पूँजी मध्ये अधिकृत पूँजीको २५ प्रतिशत रकम समितिबाट एअर मार्क गराई बाणिज्य बैंकको मुद्दती खातामा राख्नुपर्नेछ । सो व्यवस्था अनुसार दुई करोड ५० रुपैयाँ धरौटी पर्न जान्छ । नेपाली कम्पनीलाई दुई करोड ५० लाख र विदेशी कम्पनीलाई ५८ लाख धरौटी राख्ने व्यवस्था विभेदकारी देखिएको हो ।
नेपालमा नेपाल रि–इन्स्योरेन्स कम्पनीले नेपालमा सञ्चालित बीमा कम्पनीहरुबाट २० प्रतिशत व्यवसायको अनिवार्य पुनर्बीमा गर्दै आएको छ । बाँकी व्यवसायी व्यक्तिगत पुनर्बीमा एजेन्टमार्फत कारोबार भइरहेको छ ।

नेपाल पुनर्बीमा कम्पनीले आफ्नो जोखिम भारलाई अन्य पुनर्बीमकमा हस्तान्तरण गर्नको लागी नेपाल रि रेट्रो प्रोग्राम अन्तर्गत पुनर्बीमा दलालहरुको नामावली सार्वजनिक गरेको हो । रेट्रोसेशन मार्फत कम्पनीले प्राप्त गर्ने व्यवसायको आधारमा दलाल कम्पनीमार्फत् जोखिम बाँडफाँड सम्बन्धी सम्झौता गरेको हुन्छ ।
पुनर्बीमा दलाल भनेको बीमा कम्पनी र पुनर्बीमा कम्पनी बीच जोखिम तथा बीमा शुल्क बाँडफाँड गर्ने कार्य हो । पुनर्बीमा ब्रोकरले दुई पक्ष बीच पुलको काम गर्दछन् । यस्तो कम्पनीले पुनर्बीमा कम्पनी तथा बीमा कम्पनीको अध्ययन अनुसन्धान गरी जोखिम निर्धारण गर्छ ।

दलाल कम्पनीहरु प्राविधिक रुपमा दक्ष हुने भएकोले पुनर्बीमामा यसको धेरै नै महत्व हुन्छ । त्यसैले पुनर्बीमा प्रक्रियामा दलालको ठूलो हात रहन्छ । नेपालमा भने हालसम्म यस्तो दलालको दलालको व्यवस्था गरिएको छैन ।
बीमा ऐन २०४९ को धारा ३० मा दलाल दर्ता सम्बन्धी व्यवस्था गरिएको छ । ऐन अनुसार दलालका लागि निवेदन प्राप्त भएमा समितिले जाँचबुझ गरेर इजाजत पत्र दिनसक्नेछ । बीमा समितिले गत आर्थिक वर्षमा जारी गरेको बीमा निर्देशिकामा दलाललाई पुनर्बीमासम्बम्धी व्यवस्था खुल्ला गरेको थियो । तर, हालसम्म पनि यो क्षेत्रमा काममा गर्छौं भनेर निवदेन नदिएको समितिले जनाएको छ ।

समितिले गत वर्ष जारी गरेको पुनर्बीमा व्यवसाय सम्बन्धि निर्देशिकामा दलाललाई पनि समेटेको समितिका निर्देशक राजुरमण पौडेलले बताए । ‘पुनर्बीमा निर्देशिका जारी भै सकेको पनि छ । समितिले पुनर्बीमा दलालको व्यवस्था गरी काम गर्ने वातावरण पनि बनाएको छ’ उनले भने,‘तर, नेपालमा पुनर्बीमा सम्बन्धी काम गर्छु भनेर कोही पनि निवदेन दिन आएका छैनन् ।’
उनका अनुसार पछिल्लो समय विदेशी दलाल कम्पनीहरुले नेपाली बीमा कम्पनीहरुको पुनर्बीमा नेपालकै पुनर्बीमा कम्पनीसँग गराउँन थालेपछि यसको लोकप्रियता पनि बढ्दै गएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*