ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बोनसदर स्वीकृत, बीमितिले ४३ देखि ७५ रुपैयाँसम्म पाउने

८ आश्विन २०७८, शुक्रबार १०:४७

काठमाडौं ।ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । कम्पनीले बीमा समितिबाट स्वीकृत भएको आकर्षक बोनसदर सार्वजनिक गरेको हो ।

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आ.व. २०७६/२०७७ को आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कन बारे कम्पनीको बिमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन बीमा समितिबाट मिति २०७७/०५/१२ मा स्वीकृत भई २०७६ अषाढ मसान्त सम्ममा जारी भएका मुनाफामा सारिक हुने बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म घोषणा गरेको छ ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सावधिक जीवन बीमालेखका लागि ९ वर्ष सम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपैयाँ बोनश दर तोकेको छ भने सावधिक तथा आजीवन जीवन बीमालेखका लागि ९ वर्ष सम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखमा ७५ रुपैयाँ बोनश दर तोकेको छ ।

त्यस्तै अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनश दर तोकेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*