नेपाल पुनर्बीमा र सिटिजन लाइफबीच शतप्रतिशत पुनर्बीमा सम्बन्धी सम्झौता

८ आश्विन २०७८, शुक्रबार १७:३८

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच पुनर्बीमा सम्बन्धी सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच नेपाल पुनर्बीमा कम्पनीमा सिटिजन लाइफको शतप्रतिशत पुनर्बीमा गराउने सम्झौता भएको हो ।

नेपाल पुनर्बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शंखर रायमाझी र सिटिजनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा पुनबीमा कम्पनीका पुनबीमा विज्ञ विष्णु उपाध्याय र सिटिजन लाइफ इन्स्योरेन्सका चिर्फ मार्केटिङ अफिसर भुसन रिमालको उपस्थितीमा सम्पन्न भएको हो । उक्त व्यवस्थाले आगामी दिनमा कम्पनीको पुनर्बीमा ब्यवसाय शतप्रतिशत नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा हुने भएकाले कम्पनी लाभदायी हुने देखिन्छ।यसबाट पुनर्बीमा मार्फत विदेशिने रकम रोकिने भएको छ।

यसअघि सरकारले बीमा कम्पनीहरुले आफ्नो प्रत्यक्ष हिस्साको कम्तिमा २० प्रतिशत अनिवार्य नेपाल पुनर्बीमा कम्पनी लिमिटेड मार्फत पुनर्बीमा गर्नुपर्ने ब्यवस्था गरेको थियो ।सोही ब्यवस्थालाई आधार मानेर नेपाल पुनर्बीमा कम्पनीले नेपालका सबै जीवन तथा निर्जीवन बीमकहरुसंग पुनर्बीमा सम्झौता गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*