महालक्ष्मी लाइफको ‘युवासँग महालक्ष्मी लाइफ’ अभियान सम्पन्न

८ आश्विन २०७८, शुक्रबार १८:१५

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान २०७८ आज सम्पन्न गरेको छ । कम्पनीले आफ्नै जन्मस्थान बीरगंजको ग्लोबल कलेमा भव्यरुपमा सम्पन्न गरेको हो ।

क्षेत्रीय प्रमुख दिगम्बर गुप्ताको संयोजकत्वमा भएको उक्त अभियानमा ८० विद्यार्थी तथा स्थानीय व्यक्तिहरुकोे सहभागी रहेको थियो । साथै उक्त बीमा जागरण अभियानमा २१ जना सदस्यिय जिल्ला जागरण समिति समेत गठन भएको थियो ।

उक्त प्रशिक्षण प्रकाका बरिष्ट सहायक महाप्रबन्धक प्रशान्त राज धमला र प्रबन्धक सिताराम धिमालले दिएका हुन् । कार्यक्रमको अध्यक्षतामा रुपमा रहेका ग्लोबल बिजनेस कलेका प्रिन्सिपल राम कुमार दासलाई महालक्ष्मी लाइफ बीरगंज टिमले धन्यवाद प्रकट गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*