आइएमई लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

८ आश्विन २०७८, शुक्रबार १९:५५

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरि बालबीमा अन्तर्गत मृतक जोनिश महर्जनको अभिभावकलाई बीमा दाबीवापतको ५ लाख ४६ हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो ।

मृतक जोनिश महर्जनको अभिभावकले कम्पनीमा ५ लाख बीमांक रकमको २ किस्ता वापत ३२ हजार ७ सय ८७ रुपैयाँ कम्पनीमा बुझाएको थियो । आज एक कार्यक्रमका बीच कम्पनीको एजेन्सी बिजनेस हेड कर्म राज पौडेल, क्षेत्रीय म्यानेनजर राजेन्द्र प्रसाद पन्त, शाखा प्रमुख कपिल भुसाल, चिर्फ एजेन्सी म्यानेनजर गोविन्द जोशी र वडा सदस्य ज्ञान प्रसाद महर्जनको उपस्थितीमा मृतकको अभिभावकलाई बीमा दाबी रकम हस्तान्तरण गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*