प्राइम लाइफ इन्स्योरेन्सद्धारा १६ प्रतिशत लाभांश दिने प्रस्ताव, संचालक समितिले गर्यो यस्तो निर्णय

८ आश्विन २०७८, शुक्रबार २०:४९

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई करिब १६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । सो जीवन बीमा कम्पनीले आव २०७६।७७ मा आर्जित मुनाफाबाट १५ प्रतिशत बोनस शेयरसहितको लाभांश दिने प्रस्ताव अघि बढाउने निर्णय गरेको हो ।

सो लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् । शुक्रबार साँझ बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रायोजनका लागि ० दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सको एक्चुरीयल भ्यालुएसन पारित गरेको दुई दिनमै आर्थिक वर्ष २०७६/७७ को लागि लाभांश प्रस्ताव गरी अघि बढाउने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*