युवासँग महालक्ष्मी लाइफको राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन

१० आश्विन २०७८, आईतवार १६:४६

काठमाडौं । महालक्ष्मी लाफको पूर्व घोषणा बमोजिम रौतहट र बारा जिल्लामा राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन गरेको छ । रौतहट जिल्लामा राजेश कुमार शाहको संयोजकत्वमा ११ सदस्यिय राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन भएको छ । मिति २०७८।०६।०९ गते रौतहटको दुर्गा भगवती गाउपालिका सामूदायिक भवनमा एक कार्यक्रम विच राष्ट्रिय बीमा जागरण जिल्ला कमिटिको गठन गरिएको हो ।

उक्त कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो । शंभु सिहं को अध्यक्षतामा संचालन भएको कार्यक्रममा महालक्ष्मी लाईफका क्षेत्रिय प्रमुख श्री दिगम्बर प्रसादले प्रशिक्षण दिएको थियो । बीमा जागरण राष्ट्रिय अभियानका केन्द्रिय सदस्य रिषिकान्त गुप्ता , रामाशंकर प्रसाद यादव र गाउँपालिका वडा नं। ३ का अध्यक्ष डि के झाले बीमा जागरणको महत्व बारेमा प्रकाश पार्नु भएको थियो ।
त्यसै गरी बारा जिल्लाको निजगढमा एजेन्सी म्यानेजर श्री विनोद खरेलको संयोजकत्वमा २१ सदस्यिय बारा जिल्ला राष्ट्रिय बीमा जागरण कमिटि गठन गरिएको छ । उक्त नवगठित कमिटिको अग्रसरतामा गौरीशंकर क्याम्पस, निजगढमा आज बीमा जनजागरण तथा सचेतना कार्यक्रम सञ्चालन भएको हो । ४५ जनाको सहभागिता रहेको कार्यक्रममा क्याम्पस प्र।अ। श्री राम प्रसाद गौतमले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा कम्पनीका मार्केटिङ प्रमुख प्रशान्तराज धमला र एजेन्सी विभाग प्रमुख श्री सिताराम धिमालले बीमाको महत्व र आवश्यकताको बारेमा प्रकाश पारेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*