भदौ महिनामा निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ६ अर्ब माथि, शिखरको अग्रता कायमै

१० आश्विन २०७८, आईतवार २०:५२

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो महिनासम्ममा ६ अर्ब माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिका अनुसार दुई महिनाको अवधिमा निर्जिवन बीमा कम्पनीहरुले ६ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

भदौ मसान्तसम्ममा शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ६८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ।सगरमाथा इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले यस अवधिसम्ममा ५८ करोड रुपैयाँँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ।

नेको इन्स्योरेन्सले ५२ करोड रुपैयाँ सिद्धाथ इन्स्योरेन्सले ४६ करोड रुपैया, प्रिमियर इन्स्योरेन्सले ४१ करोड रुपैयाँ ,एनएलजी इन्स्योरेन्सले ४० करोड रुपैयाँ, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी ४० करोड रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्स ३५ करोड, ओरियण्टल इन्योरेन्स २७ करोड, प्रभु इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, २६ करोड रुपैयाँ कुल बीमाशुल् आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, नेशनल इन्स्योरेन्सले २३ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले २२ करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले २२ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले २२ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले २१ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले २१ करोड रुपैयाँ, प्रडेन्सियल इन्स्योरेन्सले २० करोडरुपैयाँ, जनरल इन्स्योरेन्सले १४ करोड रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले १३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*