दुई महिनामा १९ जीवन बीमा कम्पनीहरुले बीमाशुल्क आर्जन २८ अर्ब , कुन कम्पनीको कति?

१० आश्विन २०७८, आईतवार २१:०८

काठमाडौैं । हाल संचालनमा रहको १९ जीवन बीमा कम्पनीहरुले २८ अर्ब रुपैयाँ माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
जीवन बीमा कम्पनीहरुले दुई महिनाको अवधिसम्ममा २८ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

 

चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।कम्पनीले यस त्रैमासको अवधिसम्ममा ७ अर्ब ६२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थाले दुई महिनाको अवधिमै ४ अर्ब ३४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

एलआईसी नेपालले यस अवधिसम्ममा तीन अर्ब ३६ करोड रुपैयाँ , नेशनल लाइफले २ अर्ब ४१ करोड रुपैयाँ, युनियन लाइफले १ अर्ब ३५ करोड रुपैयाँ, एशियन लाइफले एक अर्ब ५ करोड रुपैयाँ, सिटिजन लाइफले ९६ करोड रुपैयाँ, मेट लाइफले ९३ करोड रुपैयाँ, सूर्या लाइफले ८३ करोड रुपैयाँ, प्राइम लाइफले ७८ करोड रुपैयाँ र रिलायबल नेपाल लाइफले ६६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, गुराँस लाइफले ६४ करोड रुपैयाँ, सन नेपाल लाइफले ६० करोड, आइएमई लाइफले ५९ करोड रुपैयाँ, ज्योति लाइफले ५५ करोड रुपैयाँ, रिलायन्स लाइफले ५१ करोड रुपैयाँ, प्रभु लाइफले ४५ करोड रुपैयाँ, सानिमा लाइफले ३२ करोड रुपैयाँ र महालक्ष्मी लाइफले २० करोड रुपैयाँ आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*