नेपाल पुनर्बीमाको लाभांश प्रस्ताव बीमा समितिबाट स्वीकृत

१४ आश्विन २०७८, बिहीबार १६:५१

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत भएको छ । बीमा समितिले आज आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवदेन समेत स्वीकृत गरेको छ ।कम्पनीले चुक्ता पूँजीको १६ दशमलव ५० प्रतिशत बोनश शेयर र २ दशमलव ५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । अर्थमन्त्रालयबाट भने स्वीकृत आउन बाँकि रहेको नेपाल पुनर्बीमा कम्पनीले जनाएको छ ।

बीमा समितिबाट लाभांश स्वीकृत भएसँगै अर्थमन्त्रालयमा स्वीकृतीको लागि पठाईसकेको नेपाल पुनर्बीमा कम्पनीले जनाएको छ। अर्थ मन्त्रालयबाट स्वीकृत भएसँगै कम्पनीको साधारणसभाको बाटो खुल्ने भएको छ । एक हप्ता अघि बीमा समितिबाट स्वीकृती भएसँगै अर्थमन्त्रालयमा पत्र पठाईसकेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*